नियम १९९
कारोबारको लेखा राख्ने
(१) प्रत्येक स्थानीय निकायले आय, व्यय, धरौटी, जिन्सी र अन्य आम्दानी खर्चको लेखा स्वीकृत ढा“चामा राख्नु पर्नेछ । लेखामा रहने प्रामाणिक कागजात पनि सिलसिलाबद्ध तरिकाले राख्नु पर्नेछ ।
(२) वैदेशिक सहायतामा संचालित विशेष आयोजनाको लेखा उपनियम (१) बमोजिम स्वीकृत लेखाको अतिरिक्त महालेखा नियन्त्रक कार्यालयले तोके बमोजिम सहायक लेखा राख्नु पर्नेछ । सोको आधारमा दातृ संस्थालाई चाहिने विवरण समयमै पेश गर्नु पर्नेछ ।
(३) वस्तुगत सहायता, सिधै भुक्तानी, टर्नकी, प्राविधिक सहायताको हिसाब राख्ने र विवरण पेश गर्ने कुरा महालेखा नियन्त्रक कार्यालयबाट तोकी दिए बमोजिम राख्नु पर्नेछ ।
(४) लेखा अद्यावधिक भए वा नभएको अधिकार प्राप्त अधिकारीले बराबर जा“च गर्नु पर्नेछ । मातहत कार्यालय भए त्यस्ता कार्यालयमा आफै गई वा अन्य कर्मचारी खटाई आन्तरिक जा“च निरीक्षण गर्नु वा गराउनु पर्नेछ ।
(५) यस नियमावली बमोजिम जा“च हु“दा देहाय बमोजिम कारबाही गरी त्यसको जानकारी सम्बन्धित स्थानीय निकायलाई दिनु पर्नेछ ः–
(क) नगदी र जिन्सी सामानको लगत खडा गर्न छूट भएकोमा तीन दिनभित्र लगत खडा गर्न लगाउने
(ख) नगदी जिन्सी मालसामानको लगत हिनामिना गरी हानी नोक्सानी पारेकोमा पन्ध्र दिनभित्र नोक्सानी भएको रकम कलम असूल उपर गर्ने
र पन्ध्र दिनभित्र असूल उपर हुन नसकेकोमा प्रचलित कानून बमोजिम सरकारी बा“की सरह तुरुन्त असूल उपर गर्ने ।